प्रतिनिधिसभा निर्वाचन: प्रारम्भिक मतगणनामा रास्वपाले ३२ स्थानमा अग्रता
काठमाडौँ, फागुन २२ — प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ३२ स्थानमा अग्रता लिएको छ।
चितवन–२ मा सभापति रवि लामिछाने र झापा–५ मा वरिष्ठ नेता बालेन्द्र शाह अग्रता बनाएका छन्। काठमाडौंका क्षेत्रहरूमा रास्वपाका उम्मेदवारहरूको स्थिति यस प्रकार छ: काठमाडौं–१ मा रञ्जु दर्शना, काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त महर्जन, र काठमाडौं–१० मा प्रदीप विष्ट।
भक्तपुरको दुवै क्षेत्र रास्वपाको नियन्त्रणमा छ। भक्तपुर–१ मा रुकेश रञ्जित र भक्तपुर–२ मा राजीव खत्री अग्रस्थानमा छन्।
अन्य प्रमुख क्षेत्रहरूमा मोरङ–१ मा यज्ञमणी न्यौपाने, मोरङ–४ मा सन्तोष राजवंशी, मोरङ–५ मा आशा झा, धनुषा–३ मा मनिष झा, रौतहट–४ मा गणेश पौडेल, बारा–३ मा अरविन्द साह, ललितपुर–२ मा जगदीश खरेल, चितवन–३ मा सोविता गौतम, कास्की–१ मा खडकराज पौडेल, कास्की–२ मा उत्तमप्रसाद पौडेल, कास्की–३ मा बिना गुरुङ, रुपन्देही–२ मा सुलभ खरेल, रुपन्देही–३ मा लेखजङ्ग थापा, दाङ–१ मा देवराज पाठक, बाँके–१ मा सुरेशकुमार चौधरी, बाँके–३ मा खगेन्द्र सुनार, र कञ्चनपुर–२ मा दिपकराज बोहरा अग्रस्थानमा रहेका छन्।
मतगणना जारी छ र अन्य क्षेत्रको परिणाम समेत सार्वजनिक हुँदै जानेछ।

