रुकुम पूर्वमा प्रचण्ड फराकिलो अग्रस्थानमा



रुकुम पूर्व,फागुन २२— जारी मतगणनाअनुसार रुकुम पूर्व निर्वाचन क्षेत्रमा नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ फराकिलो मतान्तरसहित अग्रस्थानमा रहेका छन्।

हालसम्म प्राप्त परिणाम अनुसार प्रचण्डले २,६३५ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लीलामणि गौतम ४३१ मतसहित दोस्रो स्थानमा छन्। नेपाली कांग्रेसकी उम्मेदवार कुमदेवी थापाले ४१७ मत प्राप्त गरेकी छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लखन कुमार थापाले १७६ मत प्राप्त गरेका छन् भने प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दिप पुनले ३५ मत प्राप्त गरेका छन्।

मतगणना जारी छ र अन्य उम्मेदवारको परिणाम पनि सार्वजनिक हुँदै जानेछ।

प्रतिक्रिया दिनुहोस्