नुवाकोट–१ को मतगणना सुरु, निर्वाचन कार्यालयमा बाक्लो उपस्थिति



नुवाकोट,फागुन २२ — नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ को मतगणना ढिला गरी सुरु गरिएको छ। खरानीटारस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना प्रक्रिया सुरु भएपछि विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ।

मतगणना सुरु हुनुअघि सर्वदलीय बैठक बसेर आवश्यक सहमति जुटाएपछि प्रक्रिया अघि बढाइएको जनाइएको छ। मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ भने दलका प्रतिनिधि र पर्यवेक्षकहरूको उपस्थितिमा मतगणना भइरहेको छ।

प्रारम्भिक परिणाम केही समयपछि सार्वजनिक हुने अपेक्षा गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्