नुवाकोट–२ मा प्रारम्भिक मतपरिणाम: रास्वपा अग्रस्थानमा



नुवाकोट,फागुन २२ — नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बेलकोटगढी नगरपालिका वडा नम्बर १, २, ३ र ४ को मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक परिणाम अनुसार रास्वपा(घन्टी) चुनाव चिन्हले २ हजार ६२ मत प्राप्त गर्दै अग्रस्थानमा रहेको छ। त्यसैगरी काङ्ग्रेस (रुख) चिन्हले १ हजार ३१५ मत प्राप्त गरेको छ भने नेकपा(तारा) चिन्हले १ हजार १३७ मत पाएको छ। एमाले (सूर्य) चिन्हले ८०१ मत प्राप्त गरेको छ।

उक्त क्षेत्रको अन्य मतगणना कार्य भने जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्