नुवाकोटमा माइक्रोबस दुर्घटना, एक जना सामान्य घाइते
नुवाकोट,फागुन २२ — नुवाकोटको किस्पाङ गाउँपालिका–५ चाम्पानी घुम्ती नजिकै माइक्रोबस दुर्घटना भएको छ।
साल्मेबाट आउँदै गरेको लु १ ज २८८१ नम्बरको माइक्रोबस शुक्रबार दुर्घटनामा परेको हो। दुर्घटनामा एक जना यात्रु सामान्य घाइते भएका छन् भने बसमा रहेका अन्य यात्रु सकुशल रहेका बताइएको छ।
दुर्घटनापछि स्थानीयले तत्काल उद्दार गरेका थिए। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

