धनुषा–३ मा रास्वपाका मनिष झाको फराकिलो अग्रता
धनुषा,फागुन २२— प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष झाले फराकिलो अग्रता बनाएका छन्।
पछिल्लो मतपरिणाम अनुसार झाले १५ हजार ५५८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विमलेन्द्र निधिले ५ हजार ६२ मत प्राप्त गरेका छन्। यस अनुसार झाले निधिलाई करिब साढे १० हजार मतान्तरले पछि पारेका छन्।
त्यस्तै नेकपा एमालेकी उम्मेदवार जुली महतो २ हजार ३५५ मतसहित तेस्रो स्थानमा रहेकी छन्। मतगणना कार्य अझै जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

