नुवाकोट–२ मा रास्वपाको अग्रता, ७५५८ मत गन्दा कस्को कति?



नुवाकोट,फागुन २२— प्रतिनिधिसभा निर्वाचन अन्तर्गत नुवाकोट क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम गरेको छ।

हालसम्म ७ हजार ५ सय ५८ मत गणना हुँदा रास्वपाका उम्मेदवार अच्युतम लामिछानेले २ हजार ८ सय २ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार जगदीशनरसिंह केसीले १ हजार ५ सय ९५ मत ल्याउँदै दोस्रो स्थानमा छन्।

त्यसैगरी नेकपाका उम्मेदवार हिरानाथ खतिवडाले १ हजार २ सय ८१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार केशवराज पाण्डेले १ हजार १ सय ८९ मत ल्याएका छन्।

उज्यालो नेपाल पार्टीका उम्मेदवार ज्ञानेन्द्र घलेले १ सय १८ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का झनक प्याकुरेल ले ७४ मत पाएको छ।

नुवाकोट क्षेत्र नम्बर २ मा मतगणना कार्य जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्