नुवाकोट–१ अपडेट : रास्वपाका डाक्टर तिमिल्सिना अगाडि



नुवाकोट,फागुन २२ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ। ककनी गाउँपालिका–१ बाट सार्वजनिक भएको पहिलो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. विक्रम तिमिल्सिना अग्रस्थानमा रहनुभएको छ।

ककनी–१ मा खसेको कुल २ हजार ४३ मतमध्ये हालसम्मको गणनाअनुसार डा. तिमिल्सिनाले ५७९ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले ५१५ मत प्राप्त गर्नुभएको छ भने नेपाली कांग्रेसका डा. प्रकाशशरण महतले ३७९ मत पाउनुभएको छ। नेपाली कम्युनिस्ट पार्टीका हितबहादुर तामाङले ३३८ मत प्राप्त गर्नुभएको छ।

यस क्षेत्रको मतगणना जारी रहेको छ भने थप परिणाम क्रमशः सार्वजनिक हुँदै जाने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्