नुवाकोट–२ मा रास्वपाका डाक्टर लामिछानेको थप अग्रता



नुवाकोट,फागुन २२— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अनुत्तम लामिछानेले फराकिलो अग्रता कायम गर्नुभएको छ। पछिल्लो मत परिणाम अनुसार लामिछानेले ५ हजार ४ सय ३९ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार जगदिश्वर नरसिंह के.सी.ले २ हजार ९ सय १९ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको छ। नेकपा (एमाले) का उम्मेदवार केशवराज पाण्डेले २ हजार ५ सय ११ मत प्राप्त गर्नुभएको छ भने नेकपा का उम्मेदवार हिरानाथ खतिवडाले १ हजार ७ सय ६९ मत प्राप्त गर्नुभएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार झनक प्याकुरेलले १ सय ३४ मत प्राप्त गर्नुभएको छ।

मतगणना जारी रहेकाले थप परिणाम क्रमशः सार्वजनिक हुँदै जाने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्