रसुवामा कांग्रेसका मोहन आचार्यको अग्रता
रसुवा,फागुन २२— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य अग्रस्थानमा रहनुभएको छ।
प्राप्त ताजा मत परिणाम अनुसार कांग्रेसका आचार्यले ‘रुख’ चिन्हबाट ५ हजार ६ सय ७२ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बसन्त भट्टले ‘घण्टी’ चिन्हबाट ३ हजार ३० मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर तामाङले ‘सूर्य’ चिन्हबाट २ हजार ९ सय ४८ मत प्राप्त गर्नुभएको छ।
मतगणना जारी रहेको र थप परिणाम क्रमशः सार्वजनिक हुँदै जाने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

