मकवानपुर–१ मा रास्वपाका प्रकाश गौतमको सुरुवाती अग्रता
मकवानपुर,फागुन २२— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरुवाती अग्रता लिएको छ।
हेटौंडा उपमहानगरपालिका–२ को मतगणनाअनुसार हालसम्म ३ हजार ४ सय ४८ मत गणना हुँदा रास्वपाका उम्मेदवार प्रकाश गौतमले १ हजार ८ सय ४७ मत प्राप्त गर्दै अग्रस्थानमा रहनुभएको छ।
त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ ले ६ सय ५४ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का उम्मेदवार रामेश्वर रानाले २ सय ८५ मत प्राप्त गर्नुभएको छ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विजय गौतमले ९५ मत प्राप्त गर्नुभएको छ। उल्लेखित मत परिणाम कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ को वडा मानिने हेटौंडा–२ को मतगणनाबाट आएको हो।
मतगणना कार्य भने निरन्तर जारी रहेको छ।

