धादिङ–१ मा गल्छीका सबै वडाको मतगणना सकियो, आशिका तामाङको स्पष्ट अग्रता
धादिङ,फागुन २२— धादिङ निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत गल्छी गाउँपालिकाका सबै वडाको मतगणना सम्पन्न भएको छ। हालसम्मको मतपरिणाम अनुसार घण्टी चुनाव चिह्नकी उम्मेदवार आशिका तामाङले स्पष्ट अग्रता कायम गरेकी छन्।
पछिल्लो मतपरिणाम अनुसार आशिका तामाङ (घण्टी) ले ६ हजार ३१ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेकी छन्। उनका निकटतम प्रतिस्पर्धी भूमि त्रिपाठी (सूर्य) ले २ हजार ९ सय ९१ मत प्राप्त गरेका छन्।
त्यसैगरी राजेन्द्र प्रसाद पाण्डे (तारा) ले १ हजार ७ सय ७० मत प्राप्त गर्दा कृष्ण रिजाल (रुख) ले १ हजार ४ सय ६५ मत पाएका छन्।निर्वाचन कार्यालयका अनुसार धादिङ क्षेत्र नं. १ मा कुल १ लाख ३६ हजार ६ सय ८६ मतदाता रहेका छन्। तीमध्ये ८५ हजार ३ सय ३३ मत खसेको तथ्यांक सार्वजनिक गरिएको छ।
अन्य स्थानीय तहको मतगणना भने जारी रहेको जनाइएको छ।

