सर्लाही–४ मा गगन थापा पछि, रास्वपाका अमरेश सिंह अगाडि
सर्लाही,फागुन २२ — प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा जारी मतगणनामा नेपाली कांग्रेसका सभापति गगन थापा पछि परेका छन्। हालसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश सिंहले अग्रता लिएका छन्।
पछिल्लो मतपरिणाम अनुसार रास्वपाका सिंहले २ हजार ८४७ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका कांग्रेसका थापाले १ हजार ७१४ मत पाएका छन्।
त्यसैगरी नेकपा एमालेका अमनिश कुमार यादवले ४१० मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् भने जनमत पार्टीका राकेश मिश्रले २६७ मत प्राप्त गरेका छन्।
यसैगरी नेकपा एमालेका रजनिश रायले १२८ मत प्राप्त गरेका छन्। मतगणना भने अझै जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

