काठमाडौं–६ मा रास्वपाका शिशिर खनाल विजयी



काठमाडौं,फागुन २२ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्।

कुल ४३ हजार ८६३ मतगणना हुँदा खनालले २७ हजार ७१९ मत प्राप्त गर्दै स्पष्ट जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सबुज बानियाँले ६ हजार ६४७ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार अमनकुमार मास्केले ४ हजार ३७३ मत प्राप्त गरेका छन्।

काठमाडौं–६ मा रास्वपाका खनालले फराकिलो मतान्तरसहित जित हासिल गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्