झापा–५ मा बालेन शाहको फराकिलो अग्रता



झापा,फागुन २२— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाहले फराकिलो अग्रता लिएका छन्।

जारी मतगणनाअनुसार शाहले १० हजार ४ सय ६६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले २ हजार २०५ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले २९७ मत प्राप्त गरेकी छन् भने नेकपाका उम्मेदवार रन्जित तामाङले ३१८ मत ल्याएका छन्। श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङले १ हजार ३५७ मत प्राप्त गरेका छन्।

उक्त क्षेत्रमा मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्