नुवाकोट–२ मा रास्वपाका लामिछानेको थप फराकिलो अग्रता



नुवाकोट,फागुन २२— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर २ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अनुत्तम लामिछानेले फराकिलो अग्रता कायम गरेका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नुवाकोटका अनुसार बेलकोटगढी नगरपालिकाको वडा नं. ८ बाहेकको मतगणना अनुसार लामिछानेले ८ हजार १७ मत प्राप्त गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार जगदिश्वर नरसिंह के.सी.ले ४ हजार ७१ मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का केशव राज पाण्डेले ३ हजार १६ मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका हिरानाथ खतिवडाले २ हजार ७९ मत प्राप्त गरेका छन्।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका झनक प्याकुरेलले २५८ मत प्राप्त गरेका छन्। निर्वाचन कार्यालयका अनुसार उक्त क्षेत्रमा मतगणना जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्