नुवाकोट–१ मा रास्वपा उम्मेदवार डा. तिमिल्सिनाको अग्रता, कस्ले कति पाए मत?



नुवाकोट, फागुन २२ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ। ककनी गाउँपालिका–१ बाट प्राप्त पछिल्लो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. विक्रम तिमिल्सिना अग्रस्थानमा रहनुभएको छ।

हालसम्मको गणनाअनुसार डा. तिमिल्सिनाले १,५१० मत प्राप्त गर्नुभएको छ। त्यस्तै नेपाली कांग्रेसका डा. प्रकाशशरण महतले १,०५३ मत पाउनुभएको छ । नेपाली कम्युनिस्ट पार्टीका हितबहादुर तामाङले ८९० मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार बद्री मैनालीले ७७२ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन कार्यालयका अनुसार उक्त क्षेत्रमा मतगणना जारी रहेको छ र थप परिणाम क्रमशः सार्वजनिक हुँदै जानेछ।

प्रतिक्रिया दिनुहोस्