नुवाकोटको बेलकोटगढी नगरपालिकामा रास्वपाको शानदार मत



नुवाकोट,फागुन २२— बेलकोटगढी नगरपालिकाको मतगणना सम्पन्न भएको छ। यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सबैलाई चकित पार्दै शानदार अग्रता हासिल गरेको छ। यसअघि नगरपालिकामा नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रको गठबन्धनका कारण मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेपाली कांग्रेस विजयी भएका थिए भने एमालेले पनि राम्रो मत पाएको थियो। तर यसपटकको परिणामले नयाँ राजनीतिक सन्देश दिएको विश्लेषकहरूले बताएका छन्।

मत परिणामअनुसार रास्वपाले आठ हजार नौ सय ४३ मत प्राप्त गर्दै अग्रता कायम गरेको छ। नेपाली कांग्रेसले चार हजार चार सय ४ मत पाएको छ भने नेकपा एमालेले तीन हजार चार सय ९२ र नेकपा माओवादी केन्द्रले दुई हजार दुई सय ५ मत प्राप्त गरेका छन्। नगरपालिकाका विभिन्न वडामा रास्वपाले उल्लेख्य मत प्राप्त गरेको देखिएको छ।

वडागत मत परिणाम यसप्रकार रहेको छ। वडा नं १ मा रास्वपा २९१, कांग्रेस २२२, एमाले २०८ र नेकपा १३६ मत पाएका छन्। वडा नं २ मा रास्वपा ६०४, कांग्रेस ४२३, एमाले २१७ र नेकपा १६७ मत पाएका छन्। वडा नं ३ मा रास्वपा ८०३, कांग्रेस ३२१, एमाले १११ र नेकपा ४ मत पाएका छन्। वडा नं ४ मा रास्वपा ३६४, कांग्रेस ३४९, एमाले १८६ र नेकपा ४०१ मत पाएका छन्। वडा नं ५ मा रास्वपा ९३९, कांग्रेस ४८७, एमाले २७० र नेकपा ९५ मत पाएका छन्। वडा नं ६ मा रास्वपा ४९५, कांग्रेस ३०४, एमाले ३६६ र नेकपा २२६ मत पाएका छन्। वडा नं ७ मा रास्वपा ११५४, कांग्रेस ३१७, एमाले १६७ र नेकपा १०४ मत पाएका छन्। वडा नं ८ मा रास्वपा ९४९, कांग्रेस ३४८, एमाले ४०३ र नेकपा १२९ मत पाएका छन्। वडा नं ९ मा रास्वपा ५२७, कांग्रेस ३५३, एमाले ३४४ र नेकपा १०९ मत पाएका छन्। वडा नं १० मा रास्वपा ८२६, कांग्रेस ३२५, एमाले १७८ र नेकपा ६३ मत पाएका छन्। वडा नं ११ मा रास्वपा ५४९, कांग्रेस ४३०, एमाले १६० र नेकपा १२१ मत पाएका छन्। वडा नं १२ मा रास्वपा ६६२, कांग्रेस १६६, एमाले ३३५ र नेकपा ६६ मत पाएका छन्। वडा नं १३ मा रास्वपा ७३९, कांग्रेस २७९, एमाले ३८५ र नेकपा १४३ मत पाएका छन्।

पूर्वपरम्परागत रूपमा कांग्रेस, एमाले र माओवादीबीच प्रतिस्पर्धा हुने बेलकोटगढीमा यसपटक रास्वपाले अप्रत्याशित रूपमा ठूलो मत ल्याएपछि स्थानीय राजनीतिक वृत्तमा चासो र चर्चा बढेको छ। विश्लेषकहरूले नयाँ दलप्रति मतदाताको आकर्षण र पुराना दलप्रति असन्तुष्टिको संकेतका रूपमा यस परिणामलाई हेरिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्