नुवाकोट क्षेत्र नं. २ मा रास्वपाको फराकिलो अग्रता



नुवाकोट,फागुन २२— प्रतिनिधिसभा निर्वाचनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नं. २ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेख्य अग्रता कायम गरेको छ। हालसम्म २३ हजार ५७ मत गणना हुँदा रास्वपाको चुनाव चिन्ह घण्टीले ९ हजार ५ सय ७७ मत प्राप्त गरेको छ।

त्यस्तै नेपाली कांग्रेसको चुनाव चिन्ह रुखले ४ हजार ८ सय ४७ मत प्राप्त गरेको छ भने नेकपा एमालेको चुनाव चिन्ह सूर्यले ३ हजार ५ सय ९१ मत पाएको छ। नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिन्ह ताराले २ हजार ५ सय ५२ मत प्राप्त गरेको छ।

हालसम्मको मतपरिणामअनुसार रास्वपाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसभन्दा ४ हजार ७ सय ३० मतले अग्रता बनाएको छ। उक्त क्षेत्रमा मतगणना कार्य जारी रहेको र थप परिणाम क्रमशः सार्वजनिक हुँदै जाने निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्