नुवाकोट–१ मा रास्वपा उम्मेदवार डा. विक्रम तिमिल्सिना अग्रस्थानमा
नुवाकोट,फागुन २२— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. विक्रम तिमिल्सिना अग्रस्थानमा देखिएका छन्।
हालसम्म सार्वजनिक भएको ताजा मतपरिणामअनुसार डा. तिमिल्सिनाले २ हजार १ सय ७३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार बद्री मैनालीले १ हजार ४ सय ४० मत प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले १ हजार ४ सय २२ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार हितबहादुर तामाङले १ हजार २ सय ७४ मत प्राप्त गरेका छन्।
निर्वाचन कार्यालयका अनुसार मतगणना जारी रहेकाले अन्य क्षेत्रको मत परिणाम क्रमशः सार्वजनिक हुँदै जाने जनाइएको छ।

