दैलेख–१ मा कांग्रेसकी बासना थापा विजयी
दैलेख, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापा विजयी भएकी छन्।
निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार थापाले १२ हजार ३७२ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का रवीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरकुमार बस्नेतले ८ हजार १५१ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका अम्मरबहादुर थापाले ३ हजार ९८९ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रणबहादुर सिंहले ५९८ मत प्राप्त गरेका छन्।
उक्त क्षेत्रमा कुल ३९ हजार ६५६ मत खसेको थियो। त्यसमध्ये २ हजार ८१ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

