झापा–५ मा बालेन साहको फराकिलो अग्रता
झापा, फागुन २३— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५ को जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन साहले फराकिलो अग्रता कायम गरेका छन्।
शुक्रबार राति सवा २ बजेसम्म ४० हजार ६५९ मत गणना हुँदा साहले २६ हजार ६२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का केपी शर्मा ओलीले ६ हजार ७९४ मत प्राप्त गरेका छन्।
त्यसैगरी श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङले ३ हजार ५०९ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ७८६ मत ल्याएकी छन् भने नेकपाका उम्मेदवार रञ्जित तामाङले ६६९ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौलाले ५८३ मत प्राप्त गरेका छन्।
उक्त क्षेत्रमा मतगणना जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

