सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता, गगन थापा करिब ४ हजार मतले पछि



सर्लाही, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेश सिंहले अग्रता कायम गरेका छन्।

हालसम्मको गणनाअनुसार सिंहले ९ हजार ३७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सभापति गगन थापाले ५ हजार ८ सय २८ मत प्राप्त गरेका छन्। यससँगै सिंहले थापालाई झण्डै ४ हजार मतको फराकिलो अन्तरले पछि पारेका छन्।

निर्वाचन कार्यालयका अनुसार सर्लाही–४ मा मतगणना प्रक्रिया जारी रहेको छ र बाँकी मतगणनासँगै परिणाममा थप परिवर्तन हुन सक्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्