नुवाकोट–१ मा रास्वपाको अग्रता कायमै



नुवाकोट, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा रहेको छ।

ककनी गाउँपालिका तथा तादी गाउँपालिका–१ र २ को मतगणना सकिँदासम्म रास्वपाले उल्लेख्य अग्रता कायम गरेको छ।

हालसम्मको परिणामअनुसार रास्वपाका डाक्टर बिक्रम तिमिल्सिनाले ४ हजार ८ सय ६६ मत प्राप्त गरेका छन् । त्यसपछि काङ्ग्रेस उम्मेदवार डाक्टर प्रकाशशरण महतले ३ हजार ५ सय ८१ मत ल्याएका छन् भने नेकपाका उम्मेदवार हितबहादुर तामाङले ३ हजार ४७ मत पाएका छन् । एमाले उम्मेदवार बद्री मैनालीले २ हजार २ सय ९४ मत प्राप्त गरेका छन् ।

यसैगरी अन्य उम्मेदवारले १ हजार ५ सय ४० मत प्राप्त गरेका छन् भने १ हजार १ सय ८ मत बदर भएको छ। हालसम्म कुल १६ हजार ४ सय ३६ मत गणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नुवाकोट–१ मा मतगणना प्रक्रिया जारी रहेको छ र बाँकी क्षेत्रको मत परिणाम आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्