नुवाकोट–१ मा रास्वपाका डाक्टर तिमिल्सिनाको अग्रता कायमै, कांग्रेस दोस्रो स्थानमा
नुवाकोट,फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम राखेको छ।
ककनी गाउँपालिका र तादी गाउँपालिकाको मतगणना सकिँदासम्म रास्वपा पहिलो स्थानमा रहेको छ।
हालसम्मको मतपरिणामअनुसार रास्वपाको घण्टी चुनाव चिन्हले ५ हजार १ सय ७४ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसको रुख चिन्हले ३ हजार ८ सय १६ मत ल्याएको छ।
यससँगै रास्वपाले कांग्रेसलाई करिब १ हजार ३ सय ५८ मतले पछि पार्दै अग्रता कायम गरेको देखिएको छ।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीको तारा चिन्हले ३ हजार २ सय १० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ भने नेकपा (एमाले) को सूर्य चिन्हले २ हजार ३ सय ८० मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ।
निर्वाचन कार्यालयका अनुसार नुवाकोट–१ मा मतगणना प्रक्रिया अझै जारी रहेको छ र बाँकी क्षेत्रको मत परिणाम आउन बाँकी रहेको छ।

