नुवाकोट–२ : रास्वपाका अच्युतम लामिछानेले अग्रता बढाउँदै, जीत सुनिश्चिततर्फ
नुवाकोट,फागुन २३— प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा नुवाकोट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अच्युतम लामिछानेले अग्रता बढाउँदै लगेका छन्। तारकेश्वर गाउँपालिकाका सबै वडामा रास्वपाको चुनाव चिन्ह घण्टीले अग्रता लिएको देखिएको छ।
प्राप्त मतपरिणामअनुसार वडा नम्बर १ मा जम्मा १५२७ मत खसेकोमा घण्टीले ४५७ मत ल्याउँदा रुखले ३५४, सूर्यले १५६ र ताराले १९३ मत प्राप्त गरेका छन्। यसरी घण्टी १०३ मतले अगाडि छ।
वडा नम्बर २ मा १३३० मतमध्ये घण्टीले ६१२ मत ल्याए भने रुखले २३७, सूर्यले ३२९ र ताराले ७४ मत प्राप्त गरेका छन्। यहाँ घण्टी २८३ मतले अगाडि रहेको छ।
वडा नम्बर ३ मा १४५४ मतमध्ये घण्टीले ७२८ मत ल्याए, रुख ४२४, सूर्य १२९ र तारा ७१ मतमा सिमित भएको छ। यसरी घण्टी ३०४ मतले अग्रस्थानमा छ।
वडा नम्बर ४ मा १५६९ मतमध्ये घण्टीले ८४८ मत प्राप्त गरे, रुखले २६८, सूर्यले २०२ र ताराले १३२ मत ल्याए। यहाँ घण्टी ५८० मतको फराकिलो अग्रता कायम छ।
वडा नम्बर ५ मा १२४६ मतमध्ये घण्टीले ४१५, रुखले ३३२, सूर्यले २४४ र ताराले ६३ मत प्राप्त गरे, जहाँ घण्टी ८३ मतले अग्रस्थ स्थानमा छ।
वडा नम्बर ६ मा १०४५ मतमध्ये घण्टीले ४५९ मत ल्याए, रुख २४४, सूर्य १३३ र तारा ११९ मतमा सीमित भएको छ। यसरी घण्टी २१५ मतले अग्रता कायम गरेको छ।
निर्वाचन अधिकृतका अनुसार रास्वपाको घण्टी चिन्हले पुरै तारकेश्वर गाउँपालिकामा अग्रता कायम राख्दै लामिछानेको जित सुनिश्चिततर्फ अघि बढेको देखिएको छ।

