नुवाकोट–२ मा रास्वपाका डा. अच्युतम लामिछाने विजयी
नुवाकोट,फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अच्युतम लामिछाने विजयी भएका छन्। यद्यपि यसको औपचारिक घोषणा भने बाकी रहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालय नुवाकोटका प्रमुख होमबहादुर रानामगरले बताए।
हाल विदुर नगरपालिकाका केही वडाको मतगणना बाँकी रहे पनि लामिछानेले नेपाली कांग्रेसका उम्मेदवार जगदिश्वर नरसिंह के.सी.भन्दा १२ हजार बढी मतको फराकिलो अग्रता बनाएका छन्, जसले उनको जित सुनिश्चित भएको हो ।
हालसम्म सार्वजनिक मतपरिणामअनुसार रास्वपाको घण्टी चिन्हले २५ हजार ९ सय ३६ मत प्राप्त गरेको छ। त्यसपछि काङ्ग्रेसको रुख चिन्हले १३ हजार ८ सय ४० मत ल्याएको छ।
नेकपा (एमाले) को सूर्य चिन्हले ७ हजार २ सय ७५ मत प्राप्त गरेको छ भने नेपाली कम्युनिस्ट पार्टीको तारा चिन्हले ६ हजार १ सय ६४ मत पाएको छ। चिम चिन्हले २ हजार ५ सय ७६ मत प्राप्त गरेको छ।
निर्वाचन कार्यालयका प्रमुख रानामगरका अनुसार बाँकी मतगणना सकिएपछि नतिजाको औपचारिक घोषणा गरिनेछ।

