नुवाकोट–१ मा रास्वपाका डा. तिमिल्सिना १२ सय मतले अगाडि



नुवाकोट, फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा जारी मतगणनाले राजनीतिक प्रतिस्पर्धालाई थप रोचक बनाएको छ। पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. विक्रम तिमिल्सिना अग्रस्थानमा देखिएका छन्।

हालसम्म सार्वजनिक मतपरिणामअनुसार डा. तिमिल्सिनाले ६ हजार ६ सय ४९ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले ५ हजार ४ सय ४५ मत प्राप्त गरेका छन्। यससँगै तिमिल्सिना महतभन्दा करिब १ हजार २ सय मतले अगाडि रहेका छन्।

यसैगरी नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हितबहादुर तामाङ ४ हजार ८७ मतसहित तेस्रो स्थानमा रहेका छन्। नेकपा (एमाले) का उम्मेदवार बद्री मैनालीले २ हजार ९ सय १३ मत प्राप्त गरेका छन्, जुन रास्वपा उम्मेदवार तिमिल्सिनाभन्दा ३ हजार ७ सय ३६ मत कम हो।त्यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार अमृत तामाङले १ हजार १ सय ७५ मत प्राप्त गरेका छन्।

निर्वाचन कार्यालयका अनुसार नुवाकोट–१ मा मतगणना प्रक्रिया अझै जारी रहेको छ र बाँकी मतगणनासँगै परिणाममा थप उतारचढाव हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्