नुवाकोट–२ मा रास्वपाका डा. अच्युतम लामिछाने ३२ हजार मतसहित विजयी



नुवाकोट,फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर २ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। अन्तिम मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अच्युतम लामिछाने विजयी भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा कुल ७० हजार ४५४ मत खसेको थियो। तीमध्ये रास्वपाका उम्मेदवार लामिछानेले ३२ हजार ५४ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जगदीश नरसिंह केसीले १५ हजार ५ सय ३ मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का उम्मेदवार केशवराज पाण्डेले ८ हजार २ सय ८५ मत ल्याएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार हिरानाथ खतिवडाले ६ हजार ७ सय २० मत प्राप्त गरेका छन्।

लामिछानेले प्रतिस्पर्धी केसीलाई फराकिलो मतान्तरले पछि पार्दै नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्