नुवाकोट–१ मा कडा प्रतिस्पर्धा, रास्वपा २३६ मतले अगाडि



नुवाकोट,फागुन २३— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झिनो अग्रता कायम गरेको छ।

ककनी गाउँपालिका, तादी गाउँपालिका र दुप्चेश्वर गाउँपालिकाको वडा नम्बर १ (घ्याङ्फेदी) तथा वडा नम्बर २ (गाउँखर्क) सम्मको मतगणना सकिँदासम्मको ताजा परिणामअनुसार रास्वपाको घण्टी चुनाव चिन्हले ६ हजार ८ सय ३१ मत प्राप्त गरेको छ।

त्यसैगरी नेपाली कांग्रेसको रुख चिन्हले ६ हजार ५ सय ९५ मत प्राप्त गरेको छ। यससँगै रास्वपा कांग्रेसभन्दा २ सय ३६ मतले अगाडि रहेको छ। माथिल्लो क्षेत्रमा काङ्ग्रेसले आफ्नो मत वृद्धि गरेको छ भने रास्वपाको मतान्तर घटेको छ ।

निर्वाचन कार्यालयका अनुसार नुवाकोट–१ मा मतगणना प्रक्रिया अझै जारी रहेको छ र बाँकी वडाको परिणाम आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्