झापा–५ मा बालेन शाहको जित सुनिश्चित
काठमाडौं,फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्वाधिक चासोको केन्द्र बनेको झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को जित सुनिश्चित भएको छ।
मतगणनामा बाँकी रहेको मतभन्दा उनको अग्रता निकै ठूलो रहेकाले शाहको जित पक्का भएको हो।
दिउँसो सवा १ बजे सार्वजनिक मतपरिणामअनुसार शाहले ५२ हजार ९६ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १४ हजार ३१ मत प्राप्त गरेका छन्।
हालसम्मको मतगणनाअनुसार शाह ओलीभन्दा ३८ हजार ६५ मतले अगाडि रहेका छन्। अब गणना गर्न २४ हजार २ सय ५४ मत बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बाँकी मतगणनाले परिणाममा प्रभाव पार्ने सम्भावना नरहेकाले झापा–५ मा शाहको जित लगभग निश्चित भएको छ।

