झापा–३ मा रास्वपाका प्रकाश पाठक फराकिलो मतान्तरसहित विजयी
झापा,फागुन २३— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश पाठक फराकिलो मतान्तरसहित विजयी भएका छन्।
अन्तिम मतपरिणामअनुसार पाठकले ३८ हजार ६ सय ७४ मत प्राप्त गर्दै प्रतिस्पर्धीलाई २१ हजार ३ सय ८० मतान्तरले पराजित गरेका हुन्। उनका प्रमुख प्रतिस्पर्धी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले १७ हजार २ सय ९४ मत प्राप्त गरेका छन्।
यसैगरी नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रकुमार घिमिरेले ८ हजार १ सय ९९ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार हरिबहादुर राजवंशीले ७ हजार ४ सय ९२ मत प्राप्त गरेका छन्। त्यस्तै श्रम संस्कृति पार्टीका उम्मेदवार दीपक तिम्सिनाले ७ हजार ३ सय ३९ मत प्राप्त गरेका छन्।
झापा–३ को मतपरिणामले यसपटकको निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेको देखाएको

