नुवाकोट–२ समानुपातिकतर्फ रास्वपा अगाडि



नुवाकोट,फागुन २३ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ नुवाकोट क्षेत्र नम्बर २ को मतगणना जारी रहेको छ।

हालसम्म बेलकोटगढी नगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ९, १०, ११, १२ र १३ को समानुपातिक मतगणना सम्पन्न भइसकेको छ। ती वडाको मत परिणाम सार्वजनिक हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा देखिएको छ।

पछिल्लो परिणामअनुसार रास्वपाले ७ हजार १ सय २६ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले ३ हजार ४ सय ४५ मत पाएको छ भने नेकपाले १ हजार ८ सय ६३ मत प्राप्त गरेको छ। त्यस्तै नेकपा (एमाले) ले २ हजार ५ सय ३० मत हासिल गरेको छ।

बाँकी वडाहरूको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै केही समय लाग्ने निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्