नुवाकोट–१ मा फेरियो अग्रता : ७१ मतले घण्टी अघि



नुवाकोट,फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोट क्षेत्र नम्बर १ को मतगणनामा फेरि अग्रता परिवर्तन भएको छ। लिखु गाउँपालिका–१ (रतनदेउ) को मतगणना सम्पन्न भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन्।

पछिल्लो परिणामअनुसार रास्वपाका उम्मेदवार डा. विक्रम तिमिल्सिनाले घण्टी चिन्हमा कुल ११ हजार ४ सय ५ मत प्राप्त गर्दै ७१ मतले अग्रता बनाएका छन्।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाशशरण महतले रुख चिन्हमा ११ हजार ३ सय ३४ मत प्राप्त गरेका छन्।

लिखु गाउँपालिका–१ (रतनदेउ) को मतगणनामा रास्वपाले ६०६ मत प्राप्त गर्दा कांग्रेसले २२४ मत पाएको छ। अन्य दलमध्ये सूर्य चिन्हमा ९७ मत र तारा चिन्हमा ३० मत परेको छ।

यससँगै नुवाकोट–१ को मतगणना थप रोचक बनेको छ। बाँकी वडाको मतगणनाले अन्तिम परिणाम तय गर्ने भएकाले स्थानीयस्तरमा चासो झन् बढेको छ।

प्रतिक्रिया दिनुहोस्