सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी



काठमाडौं, फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्।

बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार सिंहले ३५ हजार ६ सय ८८ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार तथा पार्टी सभापति गगनकुमार थापाले २२ हजार ८ सय ३८ मत प्राप्त गरेका छन्।मतगणनाको सुरुआती चरणदेखि नै सिंहले अग्रता कायम राखेका थिए।

अन्य उम्मेदवारमध्ये नेकपा (एमाले) का अमनिशकुमार यादवले ९ हजार ३ सय ४३ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का रजनिश राय यादवले १ हजार ४ सय १ मत पाएका छन्। त्यस्तै जनमत पार्टीका उम्मेदवार राकेश मिश्राले १ हजार ५ सय ७२ मत प्राप्त गरेको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिएका छन्।

एक लाख २१ हजार १२ मतदाता रहेको यस क्षेत्रमा कुल ७७ हजार ९ सय ३१ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्