विनोद चौधरीलाई हराउँदै नवलपरासी पश्चिममा रास्वपाका विक्रम खनाल विजयी
काठमाडौं,फागुन २४ — प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत नवलपरासी पश्चिममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम खनाल विजयी भएका छन्।
अन्तिम मतपरिणामअनुसार खनालले ४५ हजार २ सय ४१ मत प्राप्त गर्दै स्पष्ट मतान्तरसहित विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरीले ९ हजार ५ सय २ मत प्राप्त गरेका छन्।
त्यस्तै नेकपा (एमाले) का उम्मेदवार रामप्रसाद पाण्डेयले ७ हजार ९ सय ५६ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीले ७ हजार ८ सय ३२ मत पाएका छन्।
खनालले ठूलो मतान्तरसहित जित हासिल गरेपछि नवलपरासी पश्चिममा रास्वपाले महत्वपूर्ण सफलता हासिल गरेको छ।

