नुवाकोट–१ मा रास्वपाको अग्रता बढ्दै, डाक्टर तिमल्सिना ३ हजार बढी मतले अगाडि
नुवाकोट,फागुन २४ — नुवाकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को पछिल्लो मतगणना परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. विक्रम तिमल्सिना अग्रतामा रहेका छन्।
हालसम्मको गणनामा रास्वपाको चुनाव चिह्न घण्टीले १७ हजार १२० मत प्राप्त गरेको छ। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डाक्टर प्रकाशशरण महतले १३ हजार ९६३ मत ल्याएको छ। यससँगै रास्वपा उम्मेदवार तिमल्सिना ३ हजार १५७ मतले अगाडि रहेका छन्।
त्यस्तै नेपाली कम्युनिस्ट पार्टीको चुनाव चिह्न तारा ले ९ हजार ५५३ मत प्राप्त गरेको छ भने नेकपा एमालेको चुनाव चिह्न सूर्य ले ५ हजार ९९६ मत ल्याएको छ।
शिवपुरी गाउँपालिकाको विभिन्न वडामा मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी भए पनि हालसम्मको नतिजाले नुवाकोट–१ मा रास्वपाको अग्रता मजबुत देखिएको छ।

