नवयुवाको प्रदर्शन घटनाबारे जाँच आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो



काठमाडौं ,फागुन २४— भदौ २३ र २४ गते नवयुवाको प्रदर्शनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको छ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगका पदाधिकारीहरू आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर प्रतिवेदन हस्तान्तरण गरेका हुन्।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री कार्कीले उक्त प्रतिवेदनको अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाइने बताएकी छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलका अनुसार सरकारले प्रतिवेदनका सिफारिसहरूका आधारमा थप निर्णय लिने तयारी गरेको छ।

भदौ २३–२४ मा भएको नवयुवाको प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिबारे सत्यतथ्य पत्ता लगाउन सरकारले उक्त जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले घटनासम्बन्धी तथ्य, कारण र जिम्मेवारीबारे अध्ययन गरेर प्रतिवेदन तयार पारेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्