एमाले मकवानपुर अध्यक्ष पोखरेलको राजीनामा
काठमाडौं,फागुन २४ — नेकपा (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले प्रतिनिधिसभा निर्वाचनमा पार्टीको पराजयप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष पदबाट राजीनामा दिएका छन्।
पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीलाई सही दिशामा अघि बढाउन नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने र आवश्यक परे जिम्मेवारी लिएर पद त्याग गर्नुपर्ने बताउँदै राजीनामा घोषणा गरेका हुन्।
यता एमाले मकवानपुर जिल्ला सचिवालयको आइतबार बसेको बैठकले पोखरेललाई पदबाट मुक्त गर्दै उपाध्यक्ष हिदम लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ। जिल्ला कमिटीले पोखरेल विगत पाँच महिनादेखि पार्टीको नियमित कामकाजमा सक्रिय नरहेको पनि जनाएको छ।

