देशका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं,फागुन २५ — हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा सामान्यतया बादल लागेको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ। तराईका केही स्थानमा तुवाँलो लागेको पनि महाशाखाले जनाएको छ।
आज कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादल लाग्ने सम्भावना रहेको छ भने अन्य भू–भागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।
यस्तै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

