झ्याङमा पुरुष मृत फेला



काठमाडौं,फागुन २५— काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा एक पुरुष मृत फेला परेका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार करिब ४० वर्षका जस्तो देखिने ती पुरुषको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्