सुनको मूल्य तोलामा ३७ सय रुपैयाँले घट्यो
काठमाडौं, फागुन २५ — नेपाली बजारमा आज सुनको मूल्य उल्लेखनीय रूपमा घटेको छ। नेपाल सुनचाँदी, रत्न, पत्थर तथा आभूषण महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार ७ सय रुपैयाँले घटेको हो।
आइतबार प्रतितोला ३ लाख १६ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख १३ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ६५ रुपैयाँले घटेर ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ५ हजार ४७५ रुपैयाँ रहेको थियो।

