गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
गोरखा,फागुन २५ — गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुधन गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
गुरुङले २९ हजार ८९६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेम खत्रीले १५ हजार ३९८ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार हरिराज अधिकारीले ११ हजार १२४ मत पाएका छन् भने नेकपा (एमाले) का रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत प्राप्त गरेका छन्। यस नतिजासँगै गोरखा–१ मा रास्वपाले उल्लेखनीय जित हासिल गरेको छ ।

