ट्याक्टर दुर्घटनामा दुई जना घाइते



मकवानपुर,फागुन २५ — मकवानपुरको मनहरी गाउँपालिका–१ चकरीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। आइतबार राति भित्री सडक खण्डमा हेटौँडाबाट चकरीतर्फ जाँदै गरेको ना १ त ३८०२ नम्बरको ट्याक्टर उकालो चढ्ने क्रममा ब्याक भई पल्टिँदा दुर्घटना भएको हो।

दुर्घटनामा ट्याक्टर चालक पर्सा जिल्ला बिन्दबासिनी गाउँपालिका–३ झङवा निवासी ४० वर्षीय विक्रमराम तथा सोही ट्याक्टरमा सवार ५५ वर्षीय मिरामहरा चमार घाइते भएका छन्।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नान्तीराज गुरुङका अनुसार घाइते दुवै जनाको खुट्टा र टाउकोमा चोट लागेको छ। उनीहरूको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ।

प्रहरी चौकी पदमपोखरीबाट प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। पल्टिएको ट्याक्टर घटनास्थलमै रहेको र त्यसलाई निकाल्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्