देशका विभिन्न स्थानमा आज वर्षा र हिमपातको सम्भावना



काठमाडौं, फागुन २६ — हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी–हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने जनाइएको छ।

हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा बादल लागेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा पनि सामान्य बदली रहेको छ। अन्य भूभागमा भने आंशिक बदली देखिएको महाशाखाले जनाएको छ।

आज राति गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्