मोदीले रवि लामिछाने र बालेन्द्र शाहलाई गरे फोन, निर्वाचन सफलतामा बधाई
काठमाडौं,फागुन २६— भारतका प्रधानमन्त्रीनरेन्द्र मोदी (Narendra Modi) ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने (Rabi Lamichhane) र सोही पार्टीका वरिष्ठ नेता बालेन साह (Balen Shah) सँग टेलिफोन संवाद गर्नुभएको छ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुवै नेतालाई फोन गरी निर्वाचनमा प्राप्त सफलताका लागि बधाई तथा शुभकामना व्यक्त गरेको उल्लेख गर्नुभएको छ।
उहाँले आगामी सरकार गठनका लागि पनि शुभेच्छा प्रकट गर्दै भारत सरकार नेपालसँग पारस्परिक समृद्धि, विकास र दुवै देशका नागरिकको हितका लागि सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ।
प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको सम्बन्ध आगामी वर्षहरूमा अझ नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। संयुक्त प्रयासमार्फत द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउँदै लैजाने अपेक्षा पनि उहाँले व्यक्त गर्नुभएको छ।

