सुनको मूल्यमा ठूलो उछाल, प्रतितोला ३ लाख १७ हजार पुग्यो
काठमाडौं — स्थानीय बजारमा मंगलबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले बढ्दै ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ।
यसअघि सोमबार सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। मंगलबार मूल्य बढेसँगै सुनको बजार मूल्य फेरि उकालो लागेको देखिएको छ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला ५ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ३१० रुपैयाँले बढेर ५ हजार ७२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुन–चाँदीको मूल्य बढ्दो क्रममा रहेको बताइएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज विश्व बजारमा एक औँस सुन करिब ५ हजार १४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी करिब ८७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि तथा माग–आपूर्तिको प्रभावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य बढेको व्यवसायीहरू बताउँछन्।

