नेपाली बजारमा सुनको मूल्य बढ्यो
काठमाडौँ, फागुन २७ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको छ।
यससँगै आज सुन प्रतितोला तीन लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार भने सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला पाँच हजार सात सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।

