शेयर बजार ४६.७८ अंकले घट्यो, नेप्से २७९६ अंकमा झर्‍यो



काठमाडौँ, फागुन २७ – आज शेयर बजार ४६ दशमलव ७८ अंकले घटेको छ। यससँगै नेप्से (NEPSE Index) २७९६ अंकमा झरेको छ।

बुधबार बजार खुलेको पहिलो एक घण्टासम्म उतारचढाव देखिए पनि त्यसपछि भने बजार निरन्तर ओरालो लागेको थियो।

अघिल्लो दिन करिब २१ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम घटेर १३ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ।

आजको कारोबारमा ३४ कम्पनीको शेयर मूल्य बढ्दा २२५ कम्पनीको मूल्य घटेको छ भने तीन कम्पनीको मूल्य स्थिर रहेको छ।

समूहगत रूपमा हेर्दा व्यापार समूह सबैभन्दा धेरै ३ दशमलव ४ प्रतिशतले घटेको छ। त्यसैगरी बैंकिङ १ दशमलव ८२ प्रतिशत, विकास बैंक १ दशमलव ६१ प्रतिशत, वित्त २ दशमलव ८ प्रतिशत, होटल तथा पर्यटन १ दशमलव ५६ प्रतिशत, जलविद्युत ० दशमलव ७१ प्रतिशत र लगानी समूह १ दशमलव ८७ प्रतिशतले घटेका छन्।

यस्तै जीवन बीमा १ दशमलव ९८ प्रतिशत, उत्पादन तथा प्रशोधन १ दशमलव ४३ प्रतिशत, लघुवित्त १ दशमलव ६४ प्रतिशत, निर्जीवन बीमा ० दशमलव ९७ प्रतिशत र अन्य समूह १ दशमलव ८३ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्