नुवाकोट–२ बाट निर्वाचित डा. अचुतम लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार ९३० रुपैयाँ
नुवाकोट, फागुन २७ – नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. अचुतम लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गर्नुभएको छ।
सार्वजनिक गरिएको विवरणअनुसार उहाँको कुल चुनाव खर्च १६ लाख ९ हजार ९३० रुपैयाँ पुगेको छ।
उहाँले सार्वजनिक गरेको खर्च विवरणअनुसार निर्वाचन अभियानका विभिन्न शीर्षकमा रकम खर्च गरिएको छ। तीमध्ये सबैभन्दा बढी रकम प्रचार–प्रसार शीर्षकमा खर्च भएको देखिएको छ।
निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाअनुसार उम्मेदवारहरूले निर्वाचनपछि आफ्नो खर्च विवरण सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्था रहेको छ। सोही व्यवस्थाअनुसार डा. लामिछानेले आफ्नो खर्च विवरण सार्वजनिक गर्नुभएको हो।


